समय : ०८:५२ am | बुधबार , चैत्र ४ गते २०८२

गौमुखि –६ मा दलित सशक्तीकरण संस्थाको गठन

स्वर्गद्वारी अपडेट | जेठ ३० गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । जिल्लाको गौमुखी गाउपालिका वडा न –६ मा दलित सशक्तिकरण संस्था गठन भएको छ । सस्थामा सुरेश बिकको अध्यक्षतामा १५ सदस्यि तदर्थ समिति गठन भएको छ । जस्को उपाध्यक्षमा शान्ती सुनार ,सचिब केशर सुनार ,सहसचिब सम्झना सुनार र कोषाध्यक्ष गिता सुनार चयन भएका छन । त्यस्तै सदस्यहरुमा सीता सार्की , साबित्रा परियार , नर्मा सुनार , देबि कामी , बिष्णा पुन ÷बि .क , कमला कामी , बिष्ण खत्री ÷ बि.क ,बिष्णु सुनार ,टीका सुनार र वसन्त सुनार चयन भएका छन । दलित हक हित र संस्थागत एकजुट को मुख्य उद्देश्य का साथ गठ्न भएको उक्त कार्यक्रमको सभाध्यक्ष मङ्गल परियारको रहेको थियो । त्यस्तै प्रमुख अतिथी वडा अध्यक्ष चन्द्र बहादुर खत्री बिशेष अतिथी दलित मानव अधिकार कर्मी डम्मर सिह सुनार , कार्यपालिका सदस्य नमि सुनार , वडा सदस्य दिपक परियार , नेपाल दलित संघ प्युठान सदस्य निर्मल सुनार लगायत विभिन्न राजनितिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रम को सहजिकरण रक्षानमणि बिश्वकर्मा ले गरेका थिए । कार्यक्रममा गौमुखि गाउपालिका वडा नं. ६ का करिव ६० बढी दलितहरुको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्