समय : ०७:३४ am | बुधबार , चैत्र ४ गते २०८२

माण्डबीमा स्थानिय पाठयक्रम मार्फत पठनपाठन सुरु

स्वर्गद्वारी अपडेट | जेठ २६ गते २०७९
अनुज पछाई,प्यूठान । जिल्लाको माण्डबी गाउपालिकामा यस शैक्षिक सत्र २०७९ सालदेखि स्थानिय पाठयक्रम हाम्रो माण्डबी हाम्रो गौरवको लागु भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त पाठयक्रमको विमोचन गरिएको छ । पालिकाका अध्यक्ष नमराज अधिकारी र उपाध्यक्ष पूर्ण कालाथोकीले बुधबार बिमोचन गरेका हुन । माण्डबी गाउँपालिका भित्र रहेका सबै सामुदायिक र सस्थागत बिद्यालयमा स्थानिय पाठयक्रम कक्षा १–८ लागु गरिएको हो । स्थानीय पाठ्यक्रम शैक्षिक सत्र २०७९ देखि गाउँपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा एकै साथ लागु गरिएको छ । उक्त पाठ्यक्रमले माण्डवी गाउँपालिकाको विविध पक्षलाई समेटिएको छ । माण्डवी गायपालिकाको पहिचान,संस्कृति, इतिहास र पर्यटन, जीवनोपयोगी सिप र मूल्य शिक्षा, स्थानीय, पेसा, व्यवसाय र प्रविधि, हाम्रो वातावरण, दुर्घटना र विपद् व्यस्थापन जस्ता पक्षलाई समेटिएको छ । त्यस्तै व्यक्तित्व, बानी व्यवहार र सामाजिक संस्था लगायतका विषयवस्तुहरूको बारेमा विद्यार्थीहरूमा ज्ञान, सिप,अभिवृत्ति तथा मूल्य र कार्यतत्परताको विकास गरी उनीहरूमा श्रमप्रति सम्मान गर्ने, आधारभूत सिपको विकास भई गाउँपालिकाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । मकालु प्रकाशन काठमाण्डौमा प्रकाशन गरिएको पाठयक्रम पालिकाका सबै बिद्यालयका शिक्षहरुलाई हस्तान्तरण गरिएकोे माण्डबी गाउपालिकाका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले बताइन । माण्डबी गाउपालिका जिल्लामै दास्रो स्थानिय पाठयक्रम लागु गर्ने पालिका बनेको छ । जिल्लाको गौमुखि गाउँपालिकाले गत बर्षदेखि नै स्थानिय पाठयक्रम लागु गरिसकेको छ । माण्डबी गाउपालिकामा सामुदायिक र सस्थागत गरि २८ बिद्यालय रहेका छन । जसमध्य आधारभुत तह सम्म पढाई हुने बिद्यालय ११ अटा रहेको शिक्षा शाखा प्रमुख कार्कीले जानकारी दिइन ।

यो पनि पढ्नुहोस्