समय : ०६:०३ am | बुधबार , चैत्र ४ गते २०८२

प्युठानका कैदिबन्दिको लागी सकारात्मक सोच कार्यक्रम

स्वर्गद्वारी अपडेट | जेठ २३ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । प्युठान कारागारका रहेका कैदिबन्दिहसंग सकारात्कम सोच सम्बन्धि कार्यक्रम गरिएको छ । कैदिबन्दिहरुको मानसिक स्वास्थ्यको ख्याल राख्दै उनिहरुका लागी सकारात्मक सोच बिकास गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा संचार मन्त्रालयको प्रदेश कार्यक्रम अन्तर्गत आइतबार प्युठान कारागारमा रहेका ७० बढी कैदीबन्दिको लागी सकारात्मक सोच बिकास कार्यक्रम प्रदान गरिएको हो। लुम्बिनी प्रदेश प्रशासन शाखा तथा प्रहरी प्रशासन तथा कारागार व्यवस्थापन शाखा अधिकृत देबिराम पाठक सहितको टोलिले प्युठान कारागारमा रहेका कैदिबन्दिहरुलाई कसरी सकारात्म सोच्ने ? ब्यबाहार कसरी परीवर्तन गर्ने नकारात्म सोचले गर्ने असर अगायतको बिषयमा स्पष्ट्र पार्ने प्रयास गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल ,प्युठान बिकास सरोकार केन्द्रका प्रशिक्षक गेहराज शर्मा ,डा. ओम हरि भट्टराई , यादव कुमार पण्डित लगायतले ध्यान, योगा, तथा उत्प्रेरणा का विविध कार्यक्रम पस्तुत गरि मनोरंजन प्रदान गर्नु भएको थियो।

यो पनि पढ्नुहोस्