समय : ०६:०२ am | बुधबार , चैत्र ४ गते २०८२

प्यूठानमा गठन गरियो शारीरिक सुगठन तथा फिट्नेस संघ

स्वर्गद्वारी अपडेट | जेठ २१ गते २०७९
अनुज पछाई, प्यूठान । प्यूठानमा शारीरिक सुगठन तथा फिट्नेस संघको स्थापना गरिएको छ । प्यूठान जिल्लामा रहेका शारीरिक सुगठन खेलमा सहभागी हुदै आएका ब्यक्तिहरुको सहभागीतामा आज(सनिबार) संघको स्थापना गरिएको छ । संघको पहिलो बैठकले अच्युत गौतमको अध्यक्षतामा ११ सदस्यि कार्यसमिति पनि गठन गरिएको छ । जस्को बरिष्ठ उपाध्यक्षमा बिरबल केसी,उपाध्यक्ष अरुण कुमार श्रेष्ठ,सचिब माधब केसी र कोषाध्यषमा अनिल धामीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा प्रदिप श्रेष्ठ,प्रशान्त कर्माचार्य , संजय श्रेष्ठ,अजय गौतम ,बिष्णु कुमार नेपाली र जसपालनाथ योगी चयन भएका छन । शारीरिक सुगठन तथा फिट्नेस संघ नेपालका केन्द्रिय उपाध्यक्ष दिनेशराज भण्डारीको रहोबरमा संघको स्थापना गरिएको हो । कार्यक्रमा जिल्लाका करिब ४० बढी युवाहरुको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्