समय : ०६:०७ am | बुधबार , चैत्र ४ गते २०८२

वडा अध्यक्षको जन्मदिन बिरामी र बिद्यार्थीसंग

स्वर्गद्वारी अपडेट | जेठ २१ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानका एक वडा अध्यक्षले आफ्नो जन्मदिन बिद्यार्थी र केहि बिरामीलाई सहयोग गर्दै मनाएका छन । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारीका वडा अध्यक्ष गिर बहादुर घर्तीले आफ्नो जन्मदिन बिद्यालयका बिद्यार्थी र बिरामीसंग मनाएका हुन । जेठ २० गरे परेको जन्मदिनको अबसरमा घर्तीले उमामहेश्वरी माध्यामिक विद्यालयको पूर्व प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो जन्मदिनमनाएका छन ।यसै गरी घर्तीले स्वर्गद्वारी नगरपालिका वडा नं ३ खोलाखर्कका अमित पोख्रेलको उपचारको लागि रू ३ हजार आर्थिक सहयोग गर्नुको साथै मृगौला पिडित स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का दिपक परियारको उपचारको लागि रू ३ हजार आर्थिक सहयोग गरेका छन । घर्ती बैशाख ३० गते भएको स्थानिय तहमा स्वर्गद्धारी नगरपालिका वडा नं. ५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस्