समय : ०४:४५ am | बुधबार , चैत्र ३ गते २०८२

जेठाजी मेलको अबसरमा लिघामा भलिबल प्रतियोगीता हुने

स्वर्गद्वारी अपडेट | जेठ १९ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । प्यूठानको नौबहिनी गाउपालिका लिघामा खुल्ला पुरुष प्रतियोगीता हुने भएको छ । जेठाजी मेलको अबसर पारेर यहि जेठ २१ गतेको दिन प्रतियोगीता हुने भएको छ । नौबहिनी गाउपालिका २ लिघा सिरबाङको तिनचुले युवा क्लबको आयोजनामा उक्त प्रतियोगीता राखिएको आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम,द्धितीय,तृतीय हुनेलाई क्रमशः १५ हजार ,१० हजार र ५ हजार पुरस्कार राशि रहेको संयोजक बिस्णु गीरीले बताएका छन । प्रतियोगीता २१ गते शनिबार लिघा स्वास्थ्य चौकीको प्राङगणमा हुने छ ।

यो पनि पढ्नुहोस्