समय : ०४:३९ am | बुधबार , चैत्र ३ गते २०८२

प्यूठानको एक बिद्यालयमा लगाए अभिभावकले ताला

स्वर्गद्वारी अपडेट | जेठ १८ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको नौबहिनी गाउपालिका २ लिघाको अन्धनाशक मा.बिमाको कार्यालयमा अनिश्चित कालका लागि तालाबन्दी गरिएको छ । बिद्यालय प्रशासनले बिभिन्न समयमा गरिएका सम्पूर्ण क्रियाकलाप विद्यार्थी तथा अभिभावक हित बिपरित गरिएको भन्दै अनिश्चित कालको लागी बिद्यालय प्रशासनमा तालाबन्दि गरिएको हो । विद्यालय प्रशासनको निर्णयलाई छलफलहरु सुधार गर्नका लागि पुनः अभिभावक भेला गराई छलफल गराउने वातावरण मिलाउन भन्दै ध्यानाकर्षण सहित ताला बन्दी गरिएको छ । आगामी दिनमा सकारात्मक वा सुधार नभएको खण्डमा बिधालयमा हुने दैनिक पठनपाठन लगायतका सबै क्षतिपूर्ति सम्बन्धित प्रशासन जवाफदेहि हुनुपर्ने समेत प्रेस बिज्ञप्तिमा चेतावनी दिइएको छ । प्रेस विज्ञप्तीमा अभिभावकहरुले ताला लगाउनुको कारण उल्लेख गरेका छन । अभिभावकले ताला लगाउनुको कारणः १.विद्यालयको आर्थिक अनियमितालाई पार्दर्शि गर्न नसक्नु । २.विद्यालयको भौतिक निर्माणका कार्यमा आर्थिक हिनामिना तथा श्रमिकहरुलाई ज्याला झुक्तानि नगर्नु । ३. विद्यालय ब्यबस्थापन समिति मनोमानी ढङगबाट गठन गर्नु । ४.बिद्यार्थी भर्नाको नाममा चर्काे आर्थिक सङकलन गर्नु ।     प्रेस विज्ञप्ती कति छ त अन्धनाशक माबीको भर्ना दर ? अभिभावकका अनुसार अहिले विद्यालयले बाल शिक्षाको लागी रु १०० , कक्षा १ को लागी ३५० ,कक्षा २ का लागी ४५० , कक्षा ३ का लागी ५५०,कक्षा४ का लागी ६५० ,कक्षा ५ का लागी ७५० भर्ना शुल्क लिने गरेको आरोप पनि लगाएका छन । त्यस्तै कक्षा ६ का लागी १ हजार ३००,कक्षा ७ का लागी १ हजार ४५० कक्षा ८ का लागी १६ सय ,कक्षा ९ का लागी १८ सय र कक्षा १० का लागी रु २ हजार भर्ना शुल्क लिने गरिएको छ ।

यो पनि पढ्नुहोस्