अनुज पछाई,प्यूठान । बृहत बिजुवार साना सहकारी खानेपानी उपभोक्ता तथा सरसफाई सस्था ले मङगलबार एक कार्यक्रमको आयोजना गरि प्यूठान नगरपालिकाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । खानेपानीको क्षेत्रमा प्यूठान जिल्लाकै सबैभन्दा ठूलो आयोजनाको रुपमा रहेको बृहत खानेपानी उपभोक्ता समिमितिले जनप्रतिनिधहरुलाई सम्मान गरेको हो ।

बिगत २ दशकदेखि नियमित रुपमा प्यूठान नगरपालिकाका ६ वडाहरुसहित १७६१ धाराहरुबाट उपभोक्ताहरुलाई खानेपानीको सेवा प्रदान गर्दै आएको सस्थाका अध्यक्ष जानका केसीले जानकारी दिइन । कार्यक्रमलाई सम्बोधन गर्दै सस्थाका अध्यक्ष केसीले बार्षिक करिब ७२ लाख नियमित रुपमा आम्दानी भएतापनि सस्था सञ्चालन गर्न निकै समस्या रहेको बताएकी छन ।


कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख बिस्नु बहादुर योगी,उपप्रमुख देबेन्द्र बर्मा तथा वडा अध्यक्षहरुको उपस्थित रहेको थियो ।
सस्थालाई आत्मनिर्भर बनाउने कार्यमा सधै लाग्नेछुः नगरप्रमुख योगी
कार्यक्रमलाई सम्बोधन गर्दै प्यूठान नगरपालिकाका नगरप्रमुख बिस्नु बहादुर योगीले बृहत बिजुवार साना खानेपानी उपभोक्ता समितिलाई आत्मनिर्भर बनाउनको लागी प्यूठान नगरपालिकाले सधै सहयोग गर्ने बताएका छन । “म पनि यस खानेपानीको उपभोक्ता हुँ।” नगरप्रमुख योगीले भने –“यसको सेवालाई बिस्तार तथा प्रभावकारी बनाउनको लागी प्यूठान नगरपालिकाले सधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु । ” साथै स्वागतको लागी धन्यबाद समेत ब्यक्त गरे ।
स्वच्छ पानी जनताको घरघरमा पुर्याउनु नै पालिकाको प्रमुख कर्तव्य होः नगरउपप्रमुख बर्मा
आम नगरबासीमा स्वच्छ पानी पुर्याउनु नै पहिले कर्तव्य हुने प्यूठान नगरपालिकाका नगरउपप्रमुख देबेन्द्र बर्माले बताएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बर्माले उक्त कुरा बातएका हुन । त्यस्तै १७६१ धाराबाट बृद्धि गरेर ३ हजारसम्म पुर्याउने रणनिति तयार पार्नको लागी उपभोक्ता समितिलाई उपप्रमुख बर्माले सुझाव पनि प्रदान गरेका छन । बृहत खानेपानीको बिस्तार र बिकासमा आफुपनि सुरुवातिदेखि नै हिडेको स्मरण गर्दै उपप्रमुख बर्माले प्यूठान नगरपालिकाले गर्न सक्नेसम्मको सहयोग गर्ने बताएका छन ।
सम्मान कार्यक्रममा प्यूठान नगरपालिका १ का वडा अध्यक्ष
साधना रावत,२ का
मोहन सिंह बिष्ट , ८ का
पदम बहादुर थापा तथा समितिका सस्थापक सदस्य,सःअनहकारा सदस्य पत्रकार लगायतको सहभागी थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव
बेद प्रसाद पौडेलले गरेका थिए ।