समय : ०४:३९ am | बुधबार , चैत्र ३ गते २०८२

प्यूठानका सबै पालिकामा चुनिय पालिका सदस्य

स्वर्गद्वारी अपडेट | जेठ १६ गते २०७९
अनुज पछाई, प्यूठान । ७ गाउपालिका र २ नगरपालिका गरि ९ पालिका रहेको  प्यूठानमा सोमबार एकै पटक कार्यपालिका सदस्यहरुको निर्वाचन भएको छ । कुन पालिकामा को–को चुनिय पालिका सदस्यमा ? ऐरावती गाउपालिकाः ऐरावती गाउपालिकाको पालिका सदस्यमा दानु बिक,भक्त बहादुर बिक,चमेली गुरुङ,भागरथी खत्री ,सीता गैरे र दुर्गा केसी निर्वाचित भएका छन । ऐरावतिमा अध्उक्ष र उपाध्यक्ष गरि ३२ जना मतदाता रहेको ऐरावति गाउँपालिकाका निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले जानकारी दिए । झिमरुक गाउपालिकाः झिमरुक गाउपालिकाको सदस्यमा हरि सुनार ,टोप बहादुृर सुनार,संगीता परियार,तुलसा केसी,कल्पना थापा एमसी र पार्बता बिक निर्बाचित भएका छन । जहाँ अध्यक्ष र उपाध्यक्ष गरि ४२ जना मतदाता रहेको झिमरुक गाउपालिकाका निर्बाचन अधिकृत चन्द्रप्रकाश अधिकारीले बताए । प्यूठान नगरपालिका प्यूठान नगरपालिकाको सदस्यमा गायित्री बिष्ट राउत ,शान्ता खडका , दर्गा केसी, गीता भण्डारी, मिन बहादुर कार्की, कालि बहादुर कार्की ,सुनिल सापकोटा र लाली घर्ती निर्वाचित भएका छन । जहाँ प्रमुख र उपप्रमुख गरि ५२ जना मतदाता रहेका थिए । माण्डबी गाउपालिका माण्डबी गाउपालिकाको सदस्यहरुमा गीता मित्र सुनार , कमला कामी,शुशिला घर्ती, बालीका नेपाली ,रमा पौडेल र तुलसा दमाई निर्बाचित भइ्एका छन । जहाँ अध्यक्ष र उपाध्यक्ष गरि २७ जना मतदाता रहेका थिए । सरुमारानी गाँपालिका सरुमारानी गाउपालिकाको सदस्यमा महोमद हलिम हलुवाई,पुर्खासिङ सुनार , आशा बिक , कल्पना कामी , चन्द्रिमा थापा र यानुका राहुमगर निर्बाचित भएका छन । जहाँ अध्यक्ष र उपाध्यक्ष गरि ३२ जना मतदाता रहेको सरुमारानी गाउपालिकाका निर्बाचन अधिकृत कपिल पौड्यालले बताएका छन । स्वर्गद्धारी नगरपालिका स्वर्गद्धारी नगरपालिको सदस्यमा अमृता बुढाथोकी , दुर्गा रेग्मी, बबिता बिक ,शारदा बुढाथोकी,सिवादेबि केसी, खेमराज विश्वकर्मा,पुरुषोतम बराली र सुरज संगम सुनार निर्वाचित भएका छन । जहाँ प्रमुख र उपप्रमुख गरि ४६ जना मतदाता रहेका थिए । गौमुखि गाउपालिका गौमुखि गाउपालिकाको सदस्यमा निमा सुनार,कमला केसी,तेजमला रानामगर,गीता सुनार बोम बहादुर सुनार र सुमित्रा गौचन थकाली निर्बाचित भएका छन । जहाँ अध्यक्ष र उपाध्यक्ष गरि ३६ जना मतदाता रहेका थिए । मल्लरानी गाउपालिका मल्लरानी गाउपालिकाको सदस्यहरुमा सूर्य बहादुर शार्की , तेजमान दमाई, उजेली बिक ,सिता पुन , सुमित्रा बिक र हिमा कुमारी बुढाथोकी निर्बाचित भएका छन । नौबहिनी गाउपालिका नौबहिनी गाउपालिकामा मिन बहादुर सुनार , लाल बहादुर सुनार ,इन्द्रा सुनार , रबिना मल्ल ,लाली गीरी र शुशिला सुनार निर्बाचित भएका छन । जहाँ ४२ जना मतदता रहेका थिए ।

यो पनि पढ्नुहोस्