समय : ०३:१८ am | बुधबार , चैत्र ३ गते २०८२

रजवारामा खोप सम्बन्धि अभिमुखिकरण

स्वर्गद्वारी अपडेट | जेठ १५ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको गौमुखि गाउपालिका ३ रजवारामा एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको छ । गौमुखि गाउँपालिकामा रजवारामा रहेका आमाहरुको सहभागीतामा बच्चाहरु तथा गर्भवति अबस्थामा लगाउने खोपको सन्दर्भमा अभिमुखिकरण गरिएको गौमुखि गाउपालिका प्युठानका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिएका छन । रजवारा स्वास्थ्य चौकीको सभाहलमा सञ्चालन भएको कार्यक्रममा ५१ बढी आमाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बच्चालाई प्रदान गरिने खोप तथा तथा खोपको महत्वको बारेमा सहजिकरण गरिएको थियो । त्यस्तै टाइफाइड रोग बिरुद्धको खोप जेठ महिनादेखि १५ बर्ष पुगेका बच्चाहरुको लागी नियमित सञ्चालन गरिने बारेमा पनि जानकारी दिइएको थियो । देशब्यापी रुपमा सञ्चालन भएको टाइफाइट रोग बिरुद्धको खोपमा गौमुखि गाउँपालिकामा ९ हजार ७०० लक्षित बालबालिकामध्य करिब ९० प्रतिशत बालबालिकालाई प्रदान गरिएको गौमुखि गाउपालिका स्वास्थ्य शाखा प्रमुख जैसीले mबताएका छन ।

यो पनि पढ्नुहोस्