समय : ०१:५३ am | बुधबार , चैत्र ३ गते २०८२

नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

स्वर्गद्वारी अपडेट | जेठ १० गते २०७९
अनुज पछाई , प्यूठान । नेकपा (माओबादी केन्द्र)को तर्फबाट उम्मेदबार भई निर्वाचित भएका जनप्रतिनिधिहरुको लागी सम्मान गरिएको छ । अनेरास्ववियू क्रान्तिकारी तथा वाइसियल जिल्ला कमिटी प्यूठानको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरि सम्मान गरिएको छ । जिल्लामा माओबादी केन्द्रको तर्फबाट प्यूठान नगरपालिकाको प्रमुखमा बिस्नु बहादुर योगी , माण्डबी गाउपालिकाको अध्यक्षमा नमराज अधिकारी रोशन ,झिमरुक गाउँपालिकाको अध्यक्षमा पित बहादुृर एमसि र गौमुखि गाउपालिकाको उपाध्यक्षमा महाविर राना विजयी भएका छन । मंगलबार गरिएको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश सचिब कृष्ण अधिकारी प्रकाश , लुम्बिनी प्रदेश सदस्य नमराज अधिकारी , प्रभात केसी , उमा शर्मा ,राधा अधिकारी झरना लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने नवनिर्वाचित जनप्रतिनिधहरुले जनताको चाहानाबमोजिम काम गरेर उत्कृष्ठ काम गर्ने प्रतिबद्धता जनाएका छन । त्यस्तै कार्यक्रमका सबै जनप्रतिनिधिहरुलाई अखिल क्रान्तिकारी र वाइसियल जिल्ला कमिटी प्यूठानले संयुक्त रुपमा ९ बुदे सुझाव पत्र पनि बुझाएका छन । अनेरास्ववियू क्रान्तिकारी जिल्ला समिति प्यूठानका अध्यक्ष पे्रम बहादुर बिश्वकर्मा र वाइसयल जिल्ला समिति प्यूठानका कार्यकारी अध्यक्ष मोहन परियारको संयुक्त हस्ताक्षरित सुझाबपत्रमा उल्लेख भएका मुख्य सुझाबहरुः १. संबिधानले सुनिशिचत गरेको मौलिक हकको पूर्ण कार्यान्वयन गर्ने २.प्रत्यक पालिकाका माध्यमिक विधालयहरुमा होस्टेलको ब्यबस्था गर्नुपर्ने ३.सिमान्तकृत,दलित र अपाङग विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको ब्यबस्था ४.२० प्रतिशत बजेट शिक्षामा सुनिश्चिता गर्नुपर्ने ५.उच्च प्राबिधिक शिक्षाको लागी पूर्ण छात्रबृत्तिको ब्यबस्था ६.शैक्षिक लोनको व्यबस्था   ७.निजि शैक्षिक संस्थाहरुले दिने १० प्रतिशत छात्रबृत्ति लक्षित वर्गले नै पाउन पर्ने सुनिश्चित गर्नुपर्ने । ८.स्थानिय पाठयक्रममा व्यबहारिक र व्यबसायिकतामा जोड दिने ९.युवाहरुलाई उत्पादनमा जोडी बढदो बेरोजगारि समस्याको समाधानमा ध्यान दिनुपर्ने यसैविच बिजय नगर महिला साना किसान सहकारी संस्था लिमिटेडद्वारा नब निर्वाचित प्युठान नगरपालिकाका मेयर ,उप मेयर वडा नं २ र ३ का जन निर्वाचित अध्यक्ष र सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

यो पनि पढ्नुहोस्