समय : ०१:५३ am | बुधबार , चैत्र ३ गते २०८२

प्यूठान नगरपालिकामा १६४ मत मात्र बदर

स्वर्गद्वारी अपडेट | जेठ १० गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिकामा एकदमै न्युन सङख्यामा मत बदर भएका छन । जिललाकै सबैभन्दा बढी मतदाता रहेको प्यूठान नगरपालिकामा कुल खसेको मतमा १६४ मात्र बदर भएको प्यूठान नगरपालिकाका निर्वाचा अधिकृत कृष्ण बहादुर वलीले बताएका छन । प्यूठान नगरपालिकाको वडा नं. १ मा बदर मत सुन्य देखिएको छ । त्यस्तै वडा नं. २ मा २० ,वडा नं.३ मा २१ , वडा नं. ४ मा १९ वडा न.. ५ मा १६ ,वडा नं. ६ मा १३ , वडा नं. ७ मा १७ ,वडा नं. ८ मा ३४ वयडा नं. ९ मा ११ र वडा नं. १० मा १३ मत बदर भएका हुन । कुल २९ हजार ८८६ जना मतदाता रहेको प्यूठान नगरपालिकामा १९ हजार १७४ अर्थात ६४.१६ प्रतिशत मत मात्र खसेको थियो । बदर हुने मतपत्रमा औठाछाप लगाउको ,दुबै उम्मेदबार।लाई कत दिएको लगायतका रहेका छन । गएको २०७४ सालको निर्वाचनमा पनि करिब ४ प्रतिशत मत बदर भएको थियो । यसबर्षमा घरदैलो अभियान मार्फत मतदाता शिक्षा चलेको थिएन । यस बर्ष धेरै राजनितिक दलहरुवीच गठबन्धन भएकाले धेरै मत बदर हुने अनुमा गरिएतापनि बदर मत घटेको अधिकृत वलीले बताए ।

यो पनि पढ्नुहोस्