स्वर्गद्धारी अपडेट , प्यूठान । जिल्लाको गौमुखि गाउपालिकामा नवनिर्वाचित जनप्रतिनिधि भएर आएलगातै नवनिर्वातित जनप्रतिनिधिले कृषकको उत्पादनलाई ध्यानमा राखि काम गर्ने निर्णय गरेका छन । गौमुखि गाउँपालिकामा अध्यक्ष पदमा दोस्रो कार्यकालको लागी दोहारिएका नेपाली काङग्रेसका नेता बिष्णु कुमार गीरी र उपाध्यक्ष पदका उम्मेदबार महावीर रानाले पदभार गरेलगातै ३ लोकप्रिय निणर्य गरेका छन ।

उनिहरुले अगी सारेको कार्यक्रम अन्तर्गत कृषकहरुले उत्पादन गरेको कृषी उपजको उचित मुल्य निर्धारण गरि गाउँपालिकाले खरिद एवं बजारीकरणको व्यबस्था गर्ने र कृषि एम्बुलेन्सको व्यबस्था गर्ने ,गाउँपालिका भित्रका सम्पुर्ण नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने र
गाउँपालिकाका सबै घरधुरीमा केन्द्रिय विद्युत प्रशारण लाइन पुर्याउने र मासिक २० युनिट सम्म बिजुली उपभोग गर्ने उपभोक्ताहरुको विद्युत महसुल गाउँपालिकाले भुक्तान गर्ने रहेका छन ।