समय : ०१:५४ am | बुधबार , चैत्र ३ गते २०८२

पदभार ग्रहण गरेकै दिन लोकप्रिय ३ निर्णय

स्वर्गद्वारी अपडेट | जेठ ६ गते २०७९
अनुज पछाई , प्यूठान । शुक्रबार देखि प्यूठान जिल्लाका २ नगरपालिकाका प्रमुख उपप्रमुख तथा ७ गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले आ–आफ्नो पालिकामा पदभार सम्हालेका छन । प्यूठान नगरपालिकामा पनि नगरप्रमुख विस्नु बहादुर योगी र उपप्रमुख देबेन्द्र वर्माले आफ्नो पदभार सम्हालेका छन । पदभार सम्हालेको पहिलो दिनमै नगरप्रमुख योगी र उपप्रमुख वर्माले ३ लोकप्रिय कार्यक्रम गर्ने निर्णय गरेका छन । प्युठान नगरपालिका क्षेत्रभित्र रहेका प्युठान नगरबासीहरुको बिरामी दर्ता शुल्क (प्युठान अस्पताल ) निःशुल्क गर्ने, नगर क्षेत्रभित्र रहेका प्युठान नगरबासीहरुको लागि रक्त संचार सेवा ( प्युठान अस्पताल ) निशुल्क गर्ने र १० वटै वडाहरुले आगामी आ.व को लागि योजना ल्याउदा अनिवार्य रुपमा वस्ती भेलाबाट योजना छनोट संकलन र प्राथमिकरण गर्नुपर्ने र योजनाहरुलाई कार्यान्वयन तथा दीगोपना गराउनको लागि नितिगत व्यबस्था गर्ने लगायतको निर्णय गरिएको हो । साथै उनिहरुले जनताले आभास गर्न सक्ने खालको कार्यक्रम सधै गर्ने कुरामा प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

यो पनि पढ्नुहोस्