समय : १२:२३ am | बुधबार , चैत्र ३ गते २०८२

विष्णु गीरी पुनः गौमुखिको अध्यक्षमा निर्वाचित

स्वर्गद्वारी अपडेट | जेठ ४ गते २०७९
केशर सुनार , प्यूठान । विष्णु कुमार गीरी गौमुखि गाउँपालिकाको अध्यक्षमा पुनः निर्बाचित भएका छन । नेकपा एमाले र राष्ट्रिय जनमोर्चालाई पछि पार्दै गीरी अध्यक्षमा निर्वाचित भएका छन । गिरीले ३ हजार ६४९ मतका साथ विजयी भएका छन । उनका प्रतिसप्रर्धी नेकपा एमालेका उम्मेदबारले २८ सय र राष्ट्रिय जनमोर्चाकका उम्मेदबारले २ हजार ६२९ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्षमा नेकपा माओबादी केन्द्रका महाबीर राना विजयी भएका छन । उनले ४ हजार ३४६ मत प्राप्त गर्दै एमाले र जनमोर्चाको उम्मेदबारलाई पछि पारेका हुन । उनका प्रतिसप्रर्धी एमालेका उम्मेदबारले ३ हजार ३० र राष्ट्रिय जनमोर्चाका उम्मेदबारले १ हजार १९७ प्राप्त गरेका थिए । गौमुखि गाउपालिकामा नेपाली काङग्रेस र नेकपा माओबादी केन्द्रबीच चुनाबी तालमेल भएको थिया ।

यो पनि पढ्नुहोस्