समय : १२:२४ am | बुधबार , चैत्र ३ गते २०८२

गौमुखि ३ मा जंगबहादुर र ४ मा धनीराम विजयी

स्वर्गद्वारी अपडेट | जेठ ३ गते २०७९
केशर सुनार , प्यूठान ।  जिल्लाको गौमुखि गाउँपालिका वडा नं. ३ र ४ को अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । मतपरिणाम अनुसार वडा नं. ३ को वडा अध्यक्षमा गठबन्धन दलका ( काङग्रेस –माओबादी ) उम्मेदबार जंगबहादुर पुन विजयी भएका छन । पुनले ६६७ मत प्राप्त गरे भने उनका प्रतिसप्रर्धी लाल बहादुर सेनले ४१३ मा प्राप्त गरेका छन । गौमुखि ४ मा विजयी वडाअध्यक्ष धनिराम सुनार त्यस्तै वडा नं. ४ मा  माओबादीका धनिराम सुनार वडा अध्यक्षमा विजयी भएका छन । उनले ७५४ मत प्राप्त गरे भने उनका प्रतिसप्रर्धी राजमोका कृष्ण प्रसाद जैसीले ७०९, एमालेका टुक बहादुर केसीले २९७ र स्वतन्त्र उम्मेदबार हरि बहादुर केसीले ६० मत प्राप्त गरेका छन ।

यो पनि पढ्नुहोस्