समय : १२:२४ am | बुधबार , चैत्र ३ गते २०८२

प्यूठान नगरपालिका १० मा स्वतन्त्र प्यानल नै विजयी

स्वर्गद्वारी अपडेट | जेठ २ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिकामा सबै वडाको अन्तिम मतपरिणम सार्बजनिक भएको छ । १० वटा वडा रहेको प्यूठानमा नगरपालिकामा २ वडा बाहेक सबैमा बाम गठबन्धनले जित्न सफल भएको छ । तर वडा नं. १० मा नेकपा माओबादीबाट बागी उठेका स्वतन्त्र उम्मेदबारको प्यानलनै गठबन्धन र एमालेलाई नै पछि पार्दै जित सुनिश्चित गर्न सफल भएको छ । वडा नं. १० को वडा अध्यक्षमा लोक बहादुर केसीले ६१४ मतको साथ विजयी भएका छन । उनका प्रतिसप्रर्धी नेकपा एमालेले ५०० मत र गठबन्धनले ३८२ मत प्राप्त गरेका छन । त्यस्तै सदस्यहरुमा कुन्ता सुनार , निशा रोकामगर , तेज बहादुर खडका पण्डित , राजकुमार थापा बिजयी भएका छन ।

यो पनि पढ्नुहोस्