प्यूठान नगरपालिका ९ मा गठबन्धन विजयी
अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका वडा नं. ९ मा गठबन्धन ले जितेको छ । वडा अध्यक्षमा गठबन्धनका बिकास केसीले ८५३ मतको साथमा विजयी हुन सफल भएका हुन । उनका प्रतिसप्रर्धी एमालेका उम्मेदबारले ७२१ मत मात्र प्राप्त गरेका छन । यो संगै गठबन्धनले प्यूठान नगरपालिकाको ७ वटा वडामा जित हात पारेको छ भने एमालेले २ वटा वडामा जितेको छ । अहिले अन्तिम वडा नं. १० को मतगणाना चलिरहेको छ ।








