समय : ०९:३४ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

४ वडाको मतगणना सकिदा बिस्नु र बिजयको मतान्तरः ११६०

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
    अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिमा अहिले मतगणनाको कार्य निरन्तर सञ्चालन भैरहेको छ । अहिलेसम्म प्यूठान नगरपालिकामा ४ वडामा मतगणना सकिएको छ । वडा नं. १ ,२ ,३ र ५ को अन्तिम मतगणना सार्बजनिक हुदा सत्ता गठबन्धनको उम्मेदबारले जित हात पारेका छन । त्यस्तै प्यूठान नगरपालिकाको प्रमुख पदमा पनि चाखलाग्दो प्रतिसप्रर्धा देखिएको छ । यद्यपी गठबन्धनका उम्मेदबारले सुरुवाती आफ्नो अग्रतालाई टिकाइराख्न सफल भएका छन । ४ वडामा मतगणा सम्पन्न हुदा गठबन्धनका उम्मेदबार बिस्नु योगी एमालेका उम्मेदबार बिजय बिराज बिष्टभन्दा ११ सय ६० मतले अगाडी रहेका छन । त्यस्तै उपमेयर पदमा पनि गठबन्धन नै अगाडी छ । गठबन्धनले ३ हजार ९७८ प्राप्त गर्दा एमालेका प्रतिसप्रर्धीले २ हजार ९५३ मत प्राप्त गर्न सफल भएका छन । नगरपालिकामा अझै ६ वटा वडा बाकी रहेको छ । फोटोः सामाजिक सञ्जालबाट साभार    

यो पनि पढ्नुहोस्