प्यूठान नगरपालिका ५ मा गठबन्धनको प्यानल नै विजयी
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. ५ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नं. ५ मा संयुक्त लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदबार नन्दराम पुन मगरले ९८७ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा एमालेका उम्मेदबारले ८६८ मत प्राप्त गरेका छन ।
त्यस्तै प्यूठान नगरपालिका वडा नं. ५ को महिला सदस्यमा लाली घर्तीमगर दलित महिला सदस्यमा कलपना बिक तथा खुला सदस्यमा रुकमान पुनमगर र चुडामणी विजयी भए ।
त्यस्तै प्यूठान नगरपालिकामा मेयर र उपमेयर पदको लागी पनि गठबन्धननै अगाडी रहेको छ ।








