समय : ०९:३४ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठानमा अहिलेसम्म कति वडाको अन्तिम मतपरिणाम आयो ?

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
अनुज पछाई , प्यूठान । शुक्रबार भएको स्थानिय तह निर्बाचन मतदानको अन्तिम मातरिणामा प्यूठान जिल्लाका बिभिन्न वडामा आउने क्रम जारि रहेको छ। प्यूठान जिल्लामा अहिलेसम्म १७ वडाको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । जसमध्य गठबन्धनले १२ वटा वडा ,नेकपा एमालेले ४ वटा वडा र माओबादी एक्लैले १ वडामा जित हासिल गरेका छन । कुन पालिकामा कति ? मल्लरानी गाउपालिका मल्लरानी गाउपालिकामा रहेको ५ वटा वडामध्य २ वटा वडाको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । २ वटै वडामा गठबन्धनले जितेको छ । प्युठान नगरपालिका प्यूठान नगरपालिकामा रहेका १० वटा वडामध्य ३ (१,२ र ३) वटा वडाको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । ३ वटै वडामा गठबन्धन दलले जितेको छ । गौमुखि गाउपालिका गौमुखि गाउपालिकामा रहेका ७ वडामध्य १ वडामा मात्र अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । जहा गठबन्धनले जितेको छ । झिमरुक गाउपालिका झिमरुक गाउपालिकामा रहेका ८ वडा मध्य १ वडामा मात्र अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । जहा एमालेका उम्मेदबारले जित हात पारेका छन । नौबहिनी गाउपालिका नौबहिनीरु गाउपालिकामा रहेका ८ पालिका मध्य २ वटा वडाको अन्तिम मतपरणाम सार्बजनिक भएको छ । एक गठबन्धन र एक एमालेले जितेको छ । ऐरावति गाउपालिका ऐरावति गाउपालिकामा रहेका ६ वडामध्य अहिलेसम्म २ वटा वडाको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । जहा एक मा गठबन्धन र एकमा माओबादीले जित हात पारेको छ । सरुमारानी गाउपालिका सरुमारानी गाउपालिकामा रहेका ६ वडामध्य ३ वटा वडाको अन्तिम मतपरणाम सार्बजािक भएको छ । २ एमालेका उम्मेदबारले  जितेको छ भने १ गठबन्धनले जितेको छ । माण्डबी गाउपालिका माण्डबी गाउपालिकामा रहेका ५ वडा मध्य २ वटा वडाको अन्तिम मतपरिणाम सार्बजनिक भउको छ । जहा २ वटै वडामा गठबन्धनले जित हात पारेको छ । स्वर्गद्धारी नगरपालिका स्वर्गद्धारी नगरपालिकामा रहेका ९ वडामध्य अहिलुसम्म १ वडाको अन्तिम मतपरिणाम सार्बजनिक भएको छ । जहा गठबन्धले जित हात पारेको छ ।

यो पनि पढ्नुहोस्