समय : ०८:१० pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठान २ मा गठबन्धनको प्यानल नै विजयी

स्वर्गद्वारी अपडेट | जेठ १ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको प्यूठान नगरपालिका वडा नं. २ मा गठबन्धनको प्यानल नै विजयी भएको छ । वडा नं.२ मा संयुक्त लोकतान्त्रिक गठबन्धन का साझा उम्मेदबार मोहन सिङ बिष्टले १२ सय ३ मतसहित विजयी भएका हुन । उनका प्रतिद्दोन्दि नेकपा एमालेका उम्मेदबारले ७८६ मत प्राप्त गरेका छन । महिला सदस्यमा गायित्रा राउत दलित महिला सदस्यमा पबित्रा नेपाली तथा खुला सदस्यमा नर बहादुर पोख्रेल र मोहन बिष्ट विजयी भए । त्यस्तै प्यूठान नगरपालिकामा मेयर र उपमेयर पदको लागी पनि गठबन्धननै अगाडी रहेको छ ।

यो पनि पढ्नुहोस्