बिस्नु र बिजयको मतान्तरः ५०२
अनुज पछाई , प्यूठान । हिजो मतदान सकिएसंगै प्यूठान नगरपालिकामा मतगणनाको कार्य तिब्र रुपमा भैरहेको छ । जिल्लाकै केन्द्रमा रहेको नगरपालिका भएकाले पनि अहिले सबैको चासो प्यूठान नगरपालिकातर्फ रहेको छ । प्युठान नगरपालिकामा मुख्यतः नेकपा एमाले र सत्ता गठबन्धनका दलबीच प्रतिसप्रर्धा देखिएको छ । सत्ता गठबन्धन दलबाट मेयर पदका साझा उम्मेदबार बिस्नु योगी र नेकपा एमालेका बिजय बिराज बिष्टभन्दा ५०२ मतले अगाडी रहेका छन । अहिले दिउसो १२ः३० सम्म प्यूठान नगरपालिका वडा नं. १ र २ को मत गणनालाई हेर्दा योगीले १ हजार ४० मत प्राप्त गर्दा बिष्टले ५३८ मत पाएका छन । त्यस्तै राप्रपाका उम्मेदबारले ७१ मत पाएका छन ।
त्यस्तै उपमेयरमा गठबन्धन दलका साझा उम्मेदबार १ हजार ११ मत प्राप्त गर्दा एमालेको तर्फबाटका उम्मेदबारले ५८७ र राप्रपाले १६ मत प्राप्त गरेको छ ।
प्यूठान नगरपालिका वडा नं. १ को त अन्तिम नतिजा पनि घोषणा भैसकेको छ । जसमा गठबन्धनका साझा उम्मेदबारले भारी मतान्तरका साथ बिजयी हात पारेकी छन ।
फोटोःसाभार सामाजिक सञ्जाल








