प्यूठान नगरपालिकामा गठबन्धनको अग्रता
अनुज पछाई , प्यूठान । गएरातिबाट सरु भएको प्युठान नगरपालिकाको मतगणना निरन्तर चलिरहेको छ । नगरपालिकामा मतगणना सुरु भएदेखि नै लोकतान्त्रिक बाम गठबन्ध दलका उम्मेदबारको अग्रता कायमै रहेको छ । अहिले प्यूठान नगरपालिका वडा नं. १ र २ को मतगणना सञ्चालन भैरहेको छ । वडा नं. १ मा बिहान ६ः३० सम्म ९७७ मत गण्ना हुदा मेयर पदमा गठबन्धनका उम्मेदबारको ५२६ र उपमेयरमा एमालेका उम्मेदबारले ३४८ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा गठबन्धन ५६१ र एमाले ३४० प्राप्त भएको छ ।
त्यस्तै वडा नं. २ मा बिहान ५ः३० बजेसम्म ४०० मत गणना गर्दा मेयर पदमा गठबँधनले २१७ र एमालेले १५७ ,उपमेयरमा गठबन्धन २१४ र एमालेले १४९ मत प्राप्त गरेको छ ।








