समय : ०६:४५ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठानको कुन पालिकामा कति मत खस्यो ?

स्वर्गद्वारी अपडेट | वैशाख ३० गते २०७९
अनुज पछाई , प्यूठान । आज भएको पालिका निर्बाचन प्यूठानमा सम्पन्न भएको छ । कुन पालिकामा कति मत खस्यो ? गौमुखि गाउपालिका गौमुखि गाउपालिकामा ६३.९५ प्रतिशत मत खसेको छ । १६ हजार ४२३ मतदातामध्य १० हजार ५०४ मत खसेको हो । प्यूठान नगरपालिकामा प्यूठान नगरपालिकामा ६४.२७ प्रतिशत मत खसेको छ । २९ हजार ८८६ मतदातामध्य १९ हजार २०९ मत खसेको हो । नौबहिनी गाउपालिका नौबहिनी गाउपालिकामा ६७.०३ प्रतिशत मत खसेको छ । १९ हजार ७६२ मतदातामध्य १३ हजार २६७ मत खसेको छ । झिमरुक गाउपालिका झिमरुक गाउपालिकामा ६३.०५ प्रतिशत मत खसेको छ । २0 हजार ३३० मध्य १२ हजार ८२५ मत खसेको हो । माण्डबी गाउपालिका माण्डबी गाउपालिकामा ७१.१ प्रतिशत मत खसेको छ । १० हजार २७२ मतदातामध्य ७ हजार ३७८ मत खसेको हो । सरुमारानी गाउपालिका सरुमारानी गाउपालिकामा ७०.८५ प्रतिशत मत खसेको छ । १२ हजार ६९५ मतदातामध्य ८ हजार ९९४ जनाले मतदान गरेका हुन । स्वर्गद्धारी नगरपालिका स्वर्गद्धारी नगरपालिकामा ६४.९ प्रतिशत मत खसेको छ । २१ हजार ५५२ मतदातमध्य १३ हजार ९८६ मत खसेको हो । ऐरावती गाउपालिका ऐरावति गाउपालिकामा ६१.४ प्रतिशत मत खसेको छ । १५ हजार ७१६ मतदातामध्य ९ हजार ६६२ जनताले मतदान गरेका हुन । मल्लरानी गाउपालिका मल्लरानी गाउँपालिकामा ५९.७ प्रतिशत मत खसेको छ । १२ हजार ६१० मतदातामध्य ७ हजार ५२९ जनाले मतदान गरेका हुन ।

यो पनि पढ्नुहोस्