प्युठानमा ११ बजेसम्म करिब ४० हजार मत खस्यो
अनुज पछाई , प्यूठान । बिहान ७ बजेदेखि सञ्चालन भएको स्थानिय तह निर्बाचन २०७९ मा प्यूठान जिल्लामा ११ बजेसम्म ३९ हजार ५११ मत खसेको जिल्ला निर्बाचन कार्यालय प्यूठानले जनाएको छ ।
कुन पालिकामा कति ?
ऐरावति गाउपालिकाः ५ हजार ५२८
गौमुखि गाउपालिकाः ४ हजार ६६९
झिमरुक गाउपालिकाः २ हजार ८१६
नौबहिनी गाउपालिकाः ४ हजार २८८
प्यूठान नगरपालिकाः ५ हजार ८४५
मल्लरानी गाउपालिकाः ३ हजार ४७८
मा०डबी गाउपालिकाः ३ हजार ६८०
सरुमारानी गाउपालिकाः४ हजार ७८२
स्वर्गद्धारी नगरपालिकाः४ हजार ४२५








