समय : ०५:०८ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

ऐरावतीमा काङग्रेसको आक्रमणबाट माओबादि कार्यकता सवार गाडीमा पूर्ण रुपमा क्षती

स्वर्गद्वारी अपडेट | वैशाख २९ गते २०७९
  अनुज पछाई , प्यूठान । जिल्लाको ऐरावती गाउँपालिकामा नेपाली काङग्रेसका केहि कार्यकर्ताले नेकपा माओबादी केन्द्रका कार्यकर्तालाई आक्रमण गरेको नेकपा माओबादी केन्द्र ऐरावति गाउपालिका प्यूठानले जनाएको छ । बुधबार बेलुका ऐरावती गाउँपालिकामा नेपाली काङग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदबार नबिल बिक्रम शाह तथा वडा नं. ५ का वडा अध्यक्ष पदका उम्मेदबार चन्द्र बहादुर रोका लगाएतको समूहले नेकपा माओबादी केन्द्रका कार्यकर्ता दिपक सापकोटा र दिपक केसीलाई ज्यान मार्ने धम्कि संगै आक्रमण गरेको नेकपा माओबादी केन्द्र ऐरावती गाउपालिका संगठ समितिले एक प्रस विज्ञप्ती मार्फत जानकारी दिएको छ । आक्रमणमा परि सापकोटा घाइते भएका छन भने उनिहरु सबार गाडी पूर्ण रुपमा नष्ट भएको छ । घटनामा संलग्न दोषिलाई तत्काल कडा भन्दा कडा कारबाहि गर्नको लागी पनि आग्रह गरिएको छ ।  

यो पनि पढ्नुहोस्