अनुज पछाई , प्यूठान । स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु गाउँ फर्कन थालेका छन् । संघीयता कार्यान्वयनसँगै दोस्रो पटक यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न जिल्लाभन्दा बाहिर रहेका तथा भारतबाट घर फर्कन थालेका हुन ।
रोजगारीका लागि बुटवल काठमाण्डौ तथा भारतका विभिन्न स्थानमा पुगेका प्यूठानी स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर फर्कन थालेका छन् । गाउँका प्रतिनिधि चयन हुने निर्वाचन भएकाले आफ्ना माग जतिबेला पनि राख्न सकिने हुँदा मतदान गर्न घर फर्किएको भारतबाट फर्किएका प्यूठान नगरपालिका ३ का मधु रावतले बताए । गाउँ घरको विकास र सुविधा ल्याउन सक्नेलाई जिताउने आफूहरुको योजना रहेको उनले बताए । गाउँको विकास गर्ने र सबैलाई मिलाएर लैजान सक्नेलाई भोट दिने रावतको भनाई छ ।
तस्विरः केशर सुनार
प्यूठान जिल्लामा अहिले दैनिक धैरै सङख्यामा जिल्ला बाहिर तथा भारतबाट चुनावमा भाग लिन आएका छन । प्यूठान नगरपालिका ५ जुम्रिकाडाका सुवास घर्ती काठमाण्डौको एक सस्थामा काम गर्छन दुई हप्ताको बिदा मिलाएर घर फर्किएको उनको भनाई छ । उनले भने सबै भन्दा नजिकको सरकार भनेकै स्थानीय सरकारले भएकाले योग्य र गाउँघरको विकास गर्न सक्नेलाई जिताउन बिदा लिएर घर फर्किएका छौं ।
आफ्नो मताधिकारको प्रयोग गर्न होस या आफूले आस्था राख्ने दलका उम्मेदवारलाई जिताउन होस मतदाताहरु गाउँ फर्किन थालेका छन् । निर्वाचन आउन केहि दिन बाँकी रहदा अहिले नै गाउँ जान सहज हुने भन्दै सर्बसाधारण गाउँ जान थालेका छन् ।