समय : ०३:२६ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्यूठान सहित देशभर राति १२ बजेबाट मौन अवधि सुरु हुदै

स्वर्गद्वारी अपडेट | वैशाख २७ गते २०७९
  अनुज पछाई , प्यूठान । स्थानीय तह निर्वाचनका लागि प्यूठान सहित देशभर राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भन्दै मौन अवधिको पालनामा ध्यान दिन सबै राजनीतिक दल तथा दलका उम्मेदवारलाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मंगलबार राति १२ बजेबाट स्थानीय तह निर्वाचनका लागि मौन अवधि सुरु हुने र सो अवधिमा राजनीतिक दल तथा दलका उम्मेदवारलाई आयोगले तोके अनुसारको दायरामा रहेर गतिविधि गर्न आग्रह गरेकी छन । मंगलबार राती १२ बजे देखि मतदान कार्य समाप्त नभए सम्म कुनै उम्मेद्धार अथवा दलको पक्ष वा विपक्षमा गर्ने वा नगर्ने सभा वोलाउन आयोजना गर्न, जुलुस निकाल्न वा नारावाजी गर्ने तथा कुनै पनी प्रकारले प्रचार प्रशार गर्ने कार्य पुर्ण रुपमा निषेध गरिएको हुदा यस्ता कार्य नगर्न जिल्ला प्रशासन कार्यालय प्यूठानले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्