समय : ०३:२६ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

प्रतिगमन विरुद्ध गठबन्धनः रोज राणा

स्वर्गद्वारी अपडेट | वैशाख २७ गते २०७९
  बबिता रिजाल ,बहाने प्यूठान । नेपाली काङ्ग्रेस प्युठान क्षेत्र नं २ का क्षेत्रीय सभापति रोज राणाले प्रतिगमन विरुद्ध गठबन्धन भएको बताएका छन । अखासन्न स्थानिय तहको निर्बाचनलाई केन्द्रित गर्दै सोमबार संयुक्त गठबन्धन नौबहिनी गाउँपालिकाको चुनाबी आम सभालाई सम्बोधन गर्दै युवा नेता राणाले उक्त कुरा बताएका हुन । ”हाम्रो यो गठबन्धन प्रतिगमन बिरुद्धको अभियान हो । “सम्बोधनकै क्रममा उनले भनेका छन –“गठबन्धनभन्दा माथी प्रतिगमनकारी गए भने संबिधानलाई नै कुल्चिेर हिडछन । संबिधानको रक्षा , देशको बिकास र समृद्धिको लागी गठबन्धन भएको हो । ” त्यस्तै कार्यक्रममा बोल्दै राणले गठबन्धनले चुनाव जितिसकेका औपचारिक रुपमा घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरे । अब एमालेलाई स्थानीय र प्रदेश तहबाट मात्र हैन देशैबाट लघार्नुपर्ने उनको भनाई छ । एमालेका उम्मेदबारले यस्तो गर्छाैं उस्तो गर्छाैं भन्लान् तर भ्रममा नपरि समग्र नौ बहिनी र सिङ्गो देशको हितका लागि गठबन्धनलाई नै भोट गरि विजयी गराउन आग्रह गरे ।   तस्बिरः बबिता रिजाल उक्त आमसभामा बोल्दै डा . गोविन्द पोख्रेल पनि भ्रष्टाचार र एमाले एउटै भएको बताए े । नौ बहिनि गाउँपालिकामा विप्लव समुह पनि गठबन्धनमा हुदा आफुहरु खुसि भएको र आजसम्मका तितामिठा सबै कुराहरु बिर्सेर गठबन्धनलाई नै जिताउन आग्रह गरे । त्यस्तै सोहि कार्यक्रममा बोल्दै नौ बहिनी गाउँपालिको गठबन्धनको तर्फबाट अध्यक्ष पदका उमेदवार शिवराज रिजालले अहिले केपी वलीका सन्तानहरुको होस उडेको साथै सपना चकनाचुर भएको बताए । उनले भने – “विदेश हुनुहुन्छ भने स्वदेश फर्कनुहोस् गठबन्धनलाई जिताउनुहोस् हाम्रो पहिलो नजर स्वरोजगारमा हुनेछ ।” विगत पाँच बर्षमा बलियो भएर भएर आएको सरकार सँधै जनताकै हितमा हुने र अहिलेको परिस्थितिमा गठबन्धनलाई गाउँ देखि केन्द्रसम्म जिताउनु पर्ने आवस्यकता रहेको रिजालले दाबी गरेका छन ।       तस्बिरः बबिता रिजाल सभामा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य डा . गोविन्द पोख्रेल , संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य तथा नौ बहिनी गाउँपालिका इन्चार्ज पुनाराम थापा ( हिमाल ), नेकपा क्रान्तिकारी विप्लवको प्युठान जिल्ला अध्यक्ष गोर बहादुर रोका , नेपाली काङ्ग्रेस प्रदेश सभा सदस्य अमर भण्डारी , सुवास केसि , नौ बहिनी गाउँपालिकामा गठबन्धनका उमेदवारहरु शिवराज रिजाल , धन बहादुर बुढा ख( सचिन ) मान बहादुर केसि लगायतले मन्तव्य राखेका थिए । नौ बहिनी गाउँपालिका वडा नं – ८ लुप्लुङ बाट सुरु भइ फोप्लि पुगेर आम सभामा परिणत भएको हो । सभामा नौबहिनी गाउपालिकाका गठबन्धन दलका नेता कार्यकर्ता गरि हजारौको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्