स्वर्गद्धारी अपडेट , प्यूठान । प्युठानको झिमरुक गाउँपालिकाका पित्तबहादुर एमसीलाई माओवादी केन्द्रले सचेत गराएको छ ।
झिमरुकमा कांग्रेस र जनमोर्चासँग गठबन्धन हुन नसकेपछि नेकपा एमालेलाई सघाइरहेको सूचनाका आधारमा नेकपा माओवादी केन्द्र प्युठान जिल्ला समन्वय समितिले पित्तबहादुरलाई कारबाही हुने भन्दै सचेत गराएको हो ।
गठबन्धन दलसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नका लागि माओवादी केन्द्रले पित्तबहादुरलाई अनुमति दिएपनि नेकपा एमालेसँग साँठगाँठ भएको पाइएको छ ।
माओवादी केन्द्रको जिल्ला समन्वय समितिले केन्द्रीय कार्यालयलाई बोधार्थसहित विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएको छ ।