समय : ०१:११ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

सुर्य र हलो मिलेर संबिधानमाथी कुठाराघात गर्दै छनः मन्त्रि खड्का

स्वर्गद्वारी अपडेट | वैशाख २६ गते २०७९
  अनुज पछाई , प्यूठान । नेकपा एमाले कमल थापालाई सिरमा राखेर संबिधानलाई कुल्चिन खोजिरहेको लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रि कृष्णध्वज खडकाले आरोप लगाएका छन । संयुक्त बाम गठबन्धन प्यूठान नगरपालिकाले आयोजना गरेको चुनाबी अभियानलाई सम्बोधन गर्दै मन्त्रि खडकाले उक्त कुरा बताएका हुन । कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी भएका खडकाले हलो र सूर्य चिन्हमा के समानता भएर हातेमालो गरेर हिडेको होला भनेर प्रश्न समेत गरेका थिए । प्यूठान नगरपालिका ४ विजुवारमा भएको चुनाबी अभियान कार्यक्रममा उनले हाम्ले रगत पसिना बगाएर बनाएको संबिधान एमालेलाई घाडो भएको बताएका छन । “एमालेलाई सबैले अधिकार प्राप्त गरेको देखेर जलन भएको छ ।” उनले भने – “संबिधान रक्षा गरेर देशलाई समृद्धि र समाजबादतर्फ लैजानको लागी अहिले हसिया हतौडा , रुख ,कलम र गीलास एक भएर आएको छ । ” “एमालेले लाज पचाएर माओबादी र काङग्रेस कसरी एक भएका होलान भनेर प्रश्न गर्दछन मन्त्रि खडकाले भने यसको एउटै जवाफ छ । इतिहास पल्टाएर हेर्नुस ।” उनले थपे –“२००७ सालको परिवर्तन ,२०४६ सालको बहुदलको स्थापना र २०६२ ÷६३ सालको १२ बुदे सम्झौता मा पनि स्वर्गिय गिरीजा कोइराला , प्रचण्ड र माधब कुमार नेपालको पहलमै शान्ति सम्झौता टुङगिएको हो । यहि नै सारमा माओबादी र काङग्रेसको सम्बन्ध हो ।”उनले भने –“ नेपालमा जति पनि ठूला परिवर्तन भएको छ नेकपा माओबादि र नेपाली काङग्रेस एक भएर मात्र सफल भएको छ ।”   आसन्न स्थानिय तहको निर्बाचन आउन केहि दिन बाकी रहदा सत्ता गठबन्धन दल प्यूठान नगरपालिकाले १० वटै वडामा आफ्नो चुनाबी अभियानलाई सफलतापूर्बक सफल पारेको छ । १० वटै वडामा जादा आफुले सोचेभन्दा राम्रो साथ पाएको प्यूठान नगरपालिका मेयर पदका उम्मेदबार बिस्नु योगीले बताएका छन । त्यस्तै प्यूठान नगरपालिका र १० वटै वडामा गठबन्धनले जितिसकेकाले अब घोषणा मात्र हुन बाकी रहेको उपमेयर पदका उम्मेदबार देबेन्द्र बर्माले बताएका छन । प्यूठान नगरपालिकामा मुख्यत गठबन्धन र एमालेबीच प्रतिसप्रर्धा देखिएको छ । यद्यपी प्रमुख र उपप्रमुख पदको लागी ४÷४ जनाको उम्मेदबारी परेको छ ।

यो पनि पढ्नुहोस्