समय : ०१:११ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

मतदान अधिकृतहरुलाई अभिमुखिकरण तालिम सञ्चालन

स्वर्गद्वारी अपडेट | वैशाख २६ गते २०७९
  अनुज पछाई , प्यूठान । आसन्न स्थानिय तहको निर्बाचन लाई मध्यनजर गर्दै जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको लागी एक दिने अभिमुखिकरण तालिम आइतबारदेखि प्यूठानमा सञ्चालन भएको छ । जिल्लामा रहेका मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई समूह क र ख गरि २ समूहमा बिभाजन गरि तालिम २ दिन सञ्चालन गरिएको जिल्ला निर्बाचन कार्यालय प्यूठानका अधिकारी राजन श्रीवास्तबले बताएका छन । आइतबार जिल्लाका नौबहिनी गाउपालिका , र्गौमुखि गाउँपालिका , सरुमारानी गाउपालिका र स्वर्गद्धारी नगरपालिका आशिंक रुपमा झिमरुक गाउपालिकाका मतदान अधिकृत र सहायक अधिकृतहरुको सहभागीतामा अन्तरक्रिया गरिएको थियो । अभिमुखिकरणमा मतदान प्रकृया , मतदान स्थलको सुरक्षित निर्माण ,मतदातामा मतदान शिक्षा लगायत आचार संहिताको बारेमा अन्तरक्रिया गरिएको जिल्ला निर्बाचन कार्यालय प्यूठानले जनाएको छ । समुह क को तालिममा सहभागी अधिकृतहरु २६ गते सोमबार नै निर्बाचन सामग्री , नियुक्ति तथा मतपत्र सहित सिधै आफ्नो मतदान केन्द्रमा खटिने छन । जिल्लामा २२० मतदान केन्द्रको लागी एक अधिकृत र एक सहायक अधिकृत खटिदै छन ।

यो पनि पढ्नुहोस्