बिश्व रेडक्रस दिवस को अबसरमा आइतबार नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा प्यूठानले जिल्ला अस्पताल विजुवारमा रहेका बिरामीलाई फलफुल बितरण र रक्तदान कार्यक्रम गरेर मनाएको छ । आइतबार जिल्लामा ८ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले जानकारी दिए । रत्तलदान गर्नेहरुमा विबेक जिएम , भरत भण्डारी , हरि प्रसाद घिमिरे ,सरीता भटराई , दुर्गा घर्तीमगर , नारायण धामी , अर्जुन कुमार कक्षपति र मदन भण्डारी रहेका छन । त्यस्तै जिल्ला अस्पताल प्यूठानमा उपचाररत २५ जना बिरामीलाई फलफुल वितरण गरिएको हो ।
“परोपकारको– शक्तिमा –बिश्वास” भन्ने मुल नाराको साथमा आइतबार रेडक्रस दिबश मनाइएको हो । अहिले ब्लड ब्याङक प्यूठानमा १० पिण्ड ब्लड रहेको ब्लड ब्याङक प्यूठानका इन्चार्ज सन्तोष अधिकारीले जानकारी दिए ।








