समय : ०१:१२ pm | मङ्गलबार , चैत्र ३ गते २०८२

संयुक्त गठबन्धन गौमुखि गाउपालिकाको प्रतिबद्धता पत्र सार्बजनिक

स्वर्गद्वारी अपडेट | वैशाख २५ गते २०७९
  अनुज पछाई , प्यूठान । आसन्न स्थानिय तहको निर्बाचन नजिकिदै गर्दा जिल्लामा चुनाबी माहोल तातिदै गएको छ । बैशाख ३० गते आउन केहि मात्र बाकी रहदा प्यूठान जिल्लामा उमेदबारहरुले आफ्नो कार्यकालमा गर्ने कार्यको बारेमा समेटिएको प्रतिबद्धता पत्र सार्बजनिक गरेका छन ।        संयुक्त गठबन्धन गौमुखि गाउपालिकाको प्रतिबद्धता पत्र प्यूठानको गौमुखि गाउँपालिकामा पनि संयुक्त गठबन्धनले आफ्नो कार्यकालमा गर्ने कार्यक्रहरु समेटेर प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ । प्रतिबद्धतापत्रमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ । गौमुखि गाउपालिकामा रहेका बिद्यालयको भैतिक पूर्बाधारमा सुधार तथा गुणस्तर र सिपमुलक शिक्षाको कार्यान्वयन , सबै वडाहरुमा कक्षा १२ सम्मको बिद्यालय स्थापना तथा उच्च शिक्षाको लागी छात्रबृत्तिको ब्यबस्था सहित पालिकामा स्नातक तहसम्मको अध्यनको लागी क्याम्पस निर्माण गर्ने लगायत रहेका छन । त्यस्तै प्रतिबद्धतापत्रमा स्वास्थ्य क्षेत्रमा निःशुल्क एम्बुलेन्स सेवा ,गरिब तथा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको ब्यबस्था र लिवासेमा बन्न लागेको १५ शैयाको अस्पताल ३ बर्षभित्रै कार्यान्वयन गर्ने , कृषिक्षेत्रमा कृषि एम्बुलेन्सको ब्यबस्था गरि कृषकलको उत्पादनलाई सहजै बजार ब्यबस्था गर्ने ,कृषि बाली र पशुपन्छिको सामुहिक बिमाको ब्यबस्था गर्ने , दिगो बिकासको निति अनुसार सडक बिस्तार गर्ने , एक घर एक घाराको अबधारणलाई कार्यान्वयन गर्ने ,जेष्ठ नागरिक तथा अपाङगता भएकाको लागी सामाजिक सुरक्षा भत्ता वितरणमा वडा स्तरबाटै सहज बनाउने , एक घर एक जनशक्तिको निति कार्यान्वयन गर्ने , गाउपालिका भित्रका पर्यटन क्षेत्रलाई बिकास र उन्नती गर्ने लगायतका कार्य गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । त्यस्तै प्रत्यक वडामा खेलकुद मैदानकाको स्थापना गर्ने , झिमरुक नदिको नियन्त्रण गर्नको लागी प्रभाबकारी कार्य गर्ने , २ बर्षभित्र गौमुखिका सम्पूर्ण घरधुरीमा बिद्युतीकरणको ब्यबस्था गरि २० युनिट सम्म बिद्युत महसुल छुट गर्ने र स्थानिय स्तरमा रहेका खनिज ,जडिबुटीको पहिचान गरि गाउँपालिकालाई आर्थिक समृद्धिसंग जोडने लगायतका कार्यक्रम समेटिएको छ । गौमुखि गाउपालिकामा संयुक्त गठबन्धनबाट अध्यक्षमा गाउपालिकाका निवर्तमान अध्यक्ष बिष्णु गीरी र उपाध्यक्ष पदको लागी नेकपा माओबादी केन्द्रबाट महाबिर रानाको उम्मेदबारी रहेको छ ।

यो पनि पढ्नुहोस्