समय : ११:४१ pm | बिहिबार , माघ १ गते २०८२

नियम विपरित प्रचारप्रंचार गरे जिल्ला हुलाकमा सुचना दिन आग्रह

स्वर्गद्वारी अपडेट | वैशाख २३ गते २०७९
  अनुज पछाई , प्यूठान । आसन्न स्थानिय तहको निर्बाचनलाई लक्षित गर्दै आचारसंहिता विपरितका प्रचार प्रसार गरेको पाइएमा जिल्ला हुलाक कार्यालयलाई जानकारी गराउनको लागी जिल्ला हुलाक कार्यालय प्यूठानले आग्रह गरेको छ । शुक्रबार जिल्ला हुलाक कार्यालय प्यूठानले एक सुचना निकाल्दै उक्त कुराको जानकारी दिएको छ ।               सुचनामा राजनितिक दल , दलका उम्मेदबार र अन्य उम्मेदबारहरुले आफ्ना प्रचार सामगी्रहरु निर्बाचन आयोगले जारी गरेको आचारसंहिता २०७८ तथा बिज्ञापन ऐन २०७६ र नियमावली २०७७ उल्लेख भएको अनुसारका नियम पालना भएनभएको जिल्लामा जिल्ला हुलाक कार्यालयले हेर्ने हुदा कुनैपनि सहभागी राजनितिक दल , दलका उम्मेदबारले सञ्चार माध्यममा बिज्ञापन गरेको वा पोस्टर पम्लेट छापेर वितरण गरेको तथा भित्तेलेखन गरेको भए जिल्ला हुलाक कार्यालयमा जानकरी गराइदिनुहुनको लागी जिल्ला हुलाक कार्यलयले सुचना मार्फत आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्