अनुज पछाई , प्युठान । स्वतन्त्र बाम गठबन्धन ऐरावती गाउपालिकाले आफ्नो प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । प्रतिबद्धतापत्रमा लोकप्रिय कार्यक्रमलाई जोड दिइएको छ । सार्बजनिक गरिएको प्रतिज्ञापत्रमा बर्षमा २÷२ जना बिद्यार्थीलाई एमबिबिएस नर्स र एक जना बिद्यार्थीलाई पाइलट अध्यननको लागी निःशुल्क सहयोग गर्ने उल्लेख गरिएको छ । त्यस्तै तिल्केनीमा ६ महिनाभित्रमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गर्ने , जेष्ठ नागरिक र सुत्केरी महिलाको लागी निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने , दिर्घरोगीको लागी मासिक रुपमा घरदैलोमा नै पुगी स्वास्थ्य उपचार गर्ने छोरी जन्मिने बित्तिकै २ हजार छोरीको नाममा बचत गराइदिने , २० युनिट सम्म बिद्युत महसुल नि ःशुलक, एक घर एक घाराको नितिलाई कार्यान्वयन गर्ने , जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन आउदा जादा निःशुल्क यातायातको ब्यबस्था गर्ने ,पालिकालाई पूर्ण रुपमा छुवाछुतमुक्त बनाउने लगायतका कार्यक्रम घोषणा पत्रमा समेटिएको छ ।

त्यस्तै पालिकाका प्रमुख सडक तथा पूर्वाधारको बिकास लगायत कृषकहरुको लागी पनि आकर्षण कार्यक्रम समेटिएको छ ।
ऐरावति गाउपालिकामा स्वतन्त्र बाम गठबन्धनको तर्फबाट अध्यक्ष पदको लागी बुद्ध बहादुर बस्नेत र उपाध्यक्षमा स्वतन्त्रबाट टिका बहादुर गुरुङले उम्मेदबारि दिएका छन ।