समय : ०६:३६ pm | सोमबार , भाद्र १६ गते २०८२

सरुमारानी घटना ः दुबै पक्षको आरोप प्रत्यारोप

स्वर्गद्वारी अपडेट | वैशाख २२ गते २०७९
  अनुज पछाई , प्युठान । बुधबार साझ प्यूठानको सरुमारानी गाउपालिकामा नेकपा एमालेका कार्यकर्ता र सत्ता गठबन्धन दलका कार्यकर्ताबीच भएको झडपको बिषयलाई लिएर सत्ता गठबन्धन दलका प्रतिनिधिले अराजक क्रियाकलाप गर्ने एमाले कार्यकर्तालाई कारबाहिको माग गर्दै विज्ञप्ती सार्बजनिक गरेको छ । सत्ता गठबन्धले संयुक्त रुपमा निकालिएको विज्ञप्तीमा सरुमारानी गाउपालिका वडा नं. ६ किमीचौरमा चुनाबी प्रचार प्रसारको आयोजना गरेको बेला एमाले कार्यकर्ताले आक्रमण गर्ने प्रयास गरेको भनिएको छ । त्यस्तै उक्त घटना घाइते भएका सत्ता गठबन्धनका कार्यकर्ताहरु हिरा बहादरु पुन , तिलक राना , तिलब बुढा र लाल बहादुर रोका लाई लुम्बिनी सिटि अस्पताल उपचार भैरहेकाले घाइतेहरुको औषधी उपचार गर्न पनि माग गरिएको छ ।                        त्यस्तै नेकपा एमाले सरुमारानी गाउकमिटीले पनि विज्ञप्ती निकाल्दै सत्ता गठबन्धन दलका कार्यकर्ताले एमाले कार्यकर्तालाई बाटो छेक्ने र धम्काउने तथा कोण सभा भैरहेको बेला सभाभित्र प्रबेश गरि सभा बिथोल्ने कार्य गरेको आरोप लगाएको छ ।

यो पनि पढ्नुहोस्