समय : ०६:३८ pm | सोमबार , भाद्र १६ गते २०८२

निर्वाचन सुरक्षा सम्बन्धि १ दिने अनुशिक्षण तालिम सम्पन्न

स्वर्गद्वारी अपडेट | वैशाख २२ गते २०७९
  अनुज पछाई , प्यूठान । जिल्लामा कार्यरत प्रहरीको लागी एक दिने स्थानिय तह निर्वाचन सुरक्षा सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न सम्पन्न भएको छ । आसन्न स्थानिय तहको निर्बाचन आउन केहि दिनमात्र बाकी रहदा सुरक्षालाई बढी प्रभाबकारी बनाउनको लागी उक्त कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी यूनिट ईन्चार्जहरुलाई बैशाख ३० गते हुन गरईरहेको स्थानीय तह निर्वाचनको सुरक्षा सम्वेदनशिलतालाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सुशिल थापामगरले प्रशिक्षण गरेका हुन । उक्त अनुशिक्षण तालिममा दक्ष प्रशिक्षकहरुको स्थानिय तह निर्वाचनलाई शान्तीपुर्ण रुपमा सम्पन्न गर्न प्रहरी कर्मचारीले निभाउनु पर्ने भुमिकाको साथै काम, कर्तव्य र अधिकारी सम्बन्धमा प्रशिक्षण गरिएको थियो ।

यो पनि पढ्नुहोस्