अपडेट ः सरुमारानीको झडपमा परि एक बालक सहित ९ जना घाइते

लव कुमार अधिकारी , प्यूठान । बुधबार प्युठानको सरुमारानी गाउपालिका वडा नं. ६ मा भएको झडपमा घाइते भएका ९ जना लाई थप उपचारको लागी विजुवार अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । घाइते हुनेमा घन बहादुर बुढा , तिलक पुन , हिरा पुन , लाल बहादुर रोका ,लक्ष्मिदेबी पुन , निसा पुन, आशामाया रावत ,जुठी बिक र ८ बर्षिया बालक शुशिल पुन रहेका छन । यि सबै नेपाली काङग्रेसका कार्यकर्ता रहेको स्थानियले बताएका छन ।
नेपाली काङग्रेसका कार्यकर्ताले शान्तिपूर्ण तरिकाले चुनाबी कार्यक्रम गर्ने क्रममा एमालेका कार्यकर्ताले बल प्रयोग गर्दै ढुङमुडा प्रयोग गरेर आक्रमण गरेका स्थानियले बताएका छन ।