समय : ०६:३९ pm | सोमबार , भाद्र १६ गते २०८२

सरुमारानीमा गठबन्धन र एमाले कार्यकर्ताबीच कुटाकुट

स्वर्गद्वारी अपडेट | वैशाख २१ गते २०७९
  अनुज पछाई , प्यूठान । चुनाव प्रचारप्रसारमा हिडेका दुइ समुहबिच झडप भएको छ । जिल्लाको सरुमारानी गाउपालिकामा गठबन्धन दलका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको स्थानियले बताएका छन । स्थानियले दिएको जानकारी अनुसार झडपमा केहि कार्यकर्ता घाइते भएका छन । घाइतेको उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक सुशिल थापामगरका अनुसार घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली , बिजुवार र बड्डाडाबाट प्रहरी परिचालन गरिएको छ । घटनाको कारण र विस्तृत विवरण आउन बाकी रहेको छ ।

यो पनि पढ्नुहोस्