समय : ०६:३८ pm | सोमबार , भाद्र १६ गते २०८२

प्यूठानमा मतदाता शिक्षा कार्यक्रम

स्वर्गद्वारी अपडेट | वैशाख २१ गते २०७९
  प्यूठान । बागेश्वरी असल शासन क्लव (बास) नेपालले प्यूठानमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा लैंकिक सहभागिता तथा सामाजिक समावेशीकरणमा जोड दिनका लागि बासले सदरमुकाम खलंगामा एक दिने मतदाता शिक्षा कार्यक्रम गरेको हो । फाटो ः सुजल श्रेष्ठ  कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी राजन श्रीवास्तवले स्थानीय तह निर्वाचनको प्रक्रिया र मतदान प्रक्रियाको बारेमा सहभागीलाई जानकारी गराउनुभयो । उहाँले मतदाता सचेत बनेर निर्वाचन प्रक्रियाबारे थाहा पाउनुपर्ने बताउनुभयो । त्यसैगरि बास नेपालका कार्यक्रम जनसम्पर्क अधिकृत मुना विष्टले निर्वाचनको समयमा हुनसक्ने लैंगिक हिंसा, निर्वाचनमा लैंगिक सहभागिता लगायतका विषयमा जानकारी दिनुभएको थियो । प्यूठान उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा दलित, जनजाति र अपांगता भएका महिलाको सहभागिता थियो । कार्यक्रमको समन्वय बागेश्वरी असल शासन क्लव प्यूठान शाखाले गरेको थियो ।

यो पनि पढ्नुहोस्