अनुज पछाई , प्यूठान । प्यूठानका ३६ वटा मतदान स्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्यूठानले जनाएको छ ।
जिल्लाको नौबहिनी, गौमुखि , झिमरुक र ऐरावति गाउँपालिकाका गरी ३६ वटा मतदान स्थलहरु अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्यूठानका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिएकी छन ।
यस्तै ८७ वटा मतदान स्थलहरु संवेदनशील र ८२ वटा मतदान स्थलहरु सामान्य रहेको उनले जानकारी दिएकी छन । संवेदनशील स्थलहरुमा सुरक्षा लगायत अन्य हिसावले पनि सबै प्रबन्ध मिलाइएको उनको भनाई रहेको छ ।

शान्ती सुरक्षाका हिसावले आफूहरुले सबै प्रबन्ध मिलाएको र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आफूहरु सक्षम रहेको नेपालको दाबी छ । मतदान स्थलहरुलाई बर्गिकरण गर्दा भुगोल, यातायात, जिल्लागत सीमा लगायतका बिषयहरुलाई आधार मानेर बर्गिकरण गरिएको हो ।
जिल्लामा कुल १५१ मतदान स्थल रहेका छन् भने मतदान केन्द्र भने २२० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्यूठानमा कुल १ लाख ५९ हजार ३४३ मतदाता रहेको कार्यालयले जनाएको छ । जसमा महिला ८२ हजार १८ , पुरुष ७७ हजार ३२७ १ जना अन्य रहेको कार्यालयले जनाएको छ ।