समय : ०४:३७ pm | सोमबार , भाद्र १६ गते २०८२

ठुलाबेसी—पूँजा जोड्ने पक्की पुलका सामग्री बगाउँदा ४० लाखको क्षती

स्वर्गद्वारी अपडेट | वैशाख २० गते २०७९
  प्यूठान ः सोमबार उर्लिएको झिमरुक खोलाले गौमुखी गाउँपालिकाको ठुलाबेसी—पूँजा जोड्ने निर्माणधिन पक्की पुलको सामग्री बगाउँदा करिव ४० लाख रुपैयाँ बरावरको क्षति भएको छ। मंगलबार ढलान गर्न तयार गरी राखिएका सामग्री खोलाले बगाएको निर्माण व्यवसायी नविन कुमार श्रेष्ठले जानकारी गराए। निर्माणस्थलमा राखिएका सिमेन्ट, छड, काठ, सरिया, पाइप, मिक्चर, गिट्टी, बालुवा, पानी तान्ने मोटर लगाएतका सामग्री खोलाले बगाएको श्रेष्ठले बताए। ‘७२ मिटरको पुल हो’,श्रेष्ठले भने,‘३५ मिटरको दोस्रो ढलान गर्न तयारी अवस्थामा थियौं। एक्कासी आएको खोलाले भताभुंग पार्यो।’ उनका अनुसार ३५ मिटर बराबरको पहिलो कामको ढलान सम्पन्न भइसकेको छ। सडक पूर्वाधार विकास कार्यालय प्यूठान अन्तर्गत भ्याटसहित ५ करोड ६६ लाख रुपैयाँ लागतमा न्यू सगरमाथा मल्लरानी इशान जेभीले निर्माणको जिम्मा पाएको थियो। चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माणको काम पुरा गर्ने गरी कार्यालयसँग सम्झौता भएको श्रेष्ठले जानकारी गराए। खोलाले ग्याबिङको जाली समेत बगाएको छ। अन्नपूर्ण पोष्ट डटकम बाट साभार

यो पनि पढ्नुहोस्