समय : ०४:३१ pm | सोमबार , भाद्र १६ गते २०८२

प्यूठानमा ५२ जनाले बुझाए हातहतियार

स्वर्गद्वारी अपडेट | वैशाख २० गते २०७९
  अनुज पछाई , प्यूठान । इजाजतप्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन जिल्ला प्रशासन कार्यालय प्यूठानले दिएको अल्टिमेटम अनुसार प्यूठानमा ५२ जनाले हातअतियार बुझाएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार चैत्र मसान्त सम्म जिल्लाका बिभिन्न ठाउँबाट ५२ जनाले हातहतियार बुझाएको बताएकी छन। निर्धारित समयमै बुझाएका हातहतियार प्रहरी कार्यालयमा सुरक्षित ढंगले राखिने र निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित व्यक्तिलाई नै बुझाउने प्रजिअ नेपालले बताएकी छन । निर्धारित समयभित्र नबुझाएका हातहतियार खोजतलास गर्दा भेटिएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्