लव कुमार अधिकारी , प्यूठान । नेकपा बैधले स्थानिय निर्बाचन बहिष्कार को माग गर्दै जिल्लाका बिभिन्न ठाउँमा कोण सभा लगायतका बिरोधका कार्यक्रम गर्दै आएको छ । यस्तै अभियान अन्तर्गत प्यूठानको माण्डबी गाउपालिका जस्पुरमा आइतबार ने क पा (क्रान्तिकारी माओवादी) बैध समूहका जिल्ला संयोजक चोकमा टिकाराम पौडेलको नेतृत्वमा कोणसभा गरिएको छ ।

“ प्रतिक्रियाबादी स्थानीय निर्वाचन बहिष्कार गरौं – नयाँ जनबादी क्रान्तिको तयारीमा जुटौं” भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा बैद्य समुहका युवाहरुले ब्यानर प्रदर्शन तथा नाराबाजि सहित को कार्यक्रम सञ्चालन गरेका थिए । उक्त बिरोध कार्यक्रममा लुम्बिनी प्रदेश सचीव भुपेन्द्र पौडेल , केन्द्रिय सदस्य दिपक केसि लगायतको सहभागीता रहेको थियो । बिरोध कोण करिब २ घण्टा सञ्चालन भएको थियो । यस प्रकारको बिरोध कोण सभा कार्यक्रम प्यूठान जिल्लाको सबै स्थानिय तहमा सञ्चालन गर्ने स्रोतले जनाएको छ ।
