समय : ०७:५४ am | मङ्गलबार , चैत्र ३ गते २०८२

एमालेद्वारा ऐरावतीका उपाध्यक्ष पदका बागी उमेदबार गुरुङलाई कारवाही

स्वर्गद्वारी अपडेट | वैशाख १९ गते २०७९
  अनुज पछाई , प्यूठान  पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो । यसरी निष्काशित हुनेहरूमा प्यूठानका टिका बहादुर गुरुङ सहित ६ जना रहेका छन । उनि अहिले ७५ बर्षका भएका छन । यस अघि २०७४ सालको स्थानिय निर्वाचनमा एमालेबाट पालिका अध्यक्षमा चुनाब लडेका गुरुङ नेपाली कांग्रेसका नविल बिक्रम शाहसंग १६ मतान्तरले पराजीत भएका थिए। उनी यसपाली पनि गाउँपालिका अध्यक्षका आंकाक्षि थिए। गुरुङ हाल लुम्बिनी प्रदेस कमिटी सदस्य रहेका नेता गुरुङ नेकपा एमालेका पुराना नेता हुन् । तर, पटक पटक पार्टीबाट जानकारी लिन खोज्दा एमालेले अन्तिम समय सम्म पनि पालिकामा उम्मेद्वार वारे जानकारी नदिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताउदै आएका छन । त्यस्तै कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल,रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सोमबार विज्ञप्ति जारी गरी ६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको बताएका हुन् । पार्टीमा देखिएको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै सिंगो पार्टीपंक्ति चुनावी अभियानमा होमिएको बेला एकतावद्ध भएर निर्वाचनमा लाग्न आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्