समय : ०२:३७ pm | बुधबार , मंसिर १९ गते २०८१

बरौलामा बजार अनुगमन

स्वर्गद्वारी अपडेट | वैशाख ८ गते २०७९
  अनुज पछाई , प्यूठान । जिल्लाको ऐरावती गाउँपालिकाका बजारहरुमा अनुगमन गरिएको छ । ऐरावतिको बरौंला बजारमा मंगलबारबाट जिल्ला प्रशासन कार्यालय प्यूठानका कर्मचारी लगायत प्रहरी र साना तथा घरेलु उद्योग कार्यालय प्यूठानका कर्मचारी द्धारा होटल किराना पसल र फ्रेस हाउको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको पहलमा जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेको नेतृत्वमा साना तथा घरेलु उद्योग कार्यालयका प्रतिनिधि , उद्योग वाणिज्य संघ प्युठानका प्रतिनिधि , पत्रकार महासंघका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । अनुगमनका क्रममा म्याद सकिएका , सडेगलेका सामानहरू फेला परेका थिए । म्याद सकिएका सडेगलेका सामग्रीहरुको जफत गरि नष्ट गरीएको छ । दर्ता विना नै अबैध रूपमा सञ्चालनमा रहेका पसलहरूलाई सरकारी मापदण्ड अनुसार दर्ता गरि पसल संचालन गर्न सल्लाह दिएको थियो । अटेर गरि दर्ता प्रक्रियालाई वेवास्था गरेमा कानुनी कार्यावाहि गर्ने चेतावनी पनि दिईएको थियो । प्युठान जिल्लाका सबै व्यापारिक केन्द्रमा गई अनुगमन गर्ने तयारी रहेका प्रमुख जिल्ला अधिकारी शुनिता नेपालले जानकारी दिएकी छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्