नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवशमा क्यान्सर पिडितलाई आर्थिक सहयोग
अनुज पछाई , प्यूठान । नेपाल निजामती कर्मचारी संगठनको ३२ औ स्थापना दिवस प्यूठानमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । संगठनका कर्मचारीको सहभागीतामा नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना आदान प्रदान गरेर मनाइएको हो । दिवशकै सन्दर्भमा प्युठान जिल्ला,जिल्ला प्रशासन कार्यलय राष्ट्रिय परिचय पत्र शाखामा कार्यरत सगुन शाक्यको श्रीमती क्यान्सर बिरामि भइ किमो चडाउनु पर्ने भएकाले उहाको उपचारमा सहयोगका लागि संगठनका पधादिकारीले आर्थिक सङकलन गरि श्रीमान शाक्यलाई रु ३० हजार रुपैया प्रमुख जिल्ला अधिकारि सुनिता नेपाल मार्फत हस्तान्तरण गरिएको नेपाल निजामती कर्मचारी संगठन प्यूठानका अध्यक्ष हरि पौडेलले बताए ।
शुभकामना कार्यक्रममा बोल्दै संगठनका जिल्ला अध्यक्ष पौडेलले आफ्नो संगठनले संगठनको स्थापना दिबसमा अबसरमा हरेक बर्ष विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको उल्लेख गर्दै , जनताका हरेक किसिमको सेवा प्रबाहमा संगठन जिम्मेवारका साथ काम गरेको र गरिरहने बताए । त्यस्तै आसन्न निर्बाचन लाई स्वतन्त्र र निस्पक्ष रुपमा सम्पन्न गर्न गराउन आफ्नो संगठनको महत्त्वपूर्ण भुमिका निबाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।