समय : ०२:४२ pm | बुधबार , मंसिर १९ गते २०८१

ऐरावतीमा सत्ता गठबन्धनका दलहरु छुट्टाछुट्टै निर्वाचन लड्ने

स्वर्गद्वारी अपडेट | वैशाख ७ गते २०७९
अनुज पछाई, प्युठान । प्युठानको ऐरावती गाउँपालिकामा सत्ता गठबन्धनका दलहरु छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको संयुक्त बैठकले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । मङगलबार बसेको सत्ता गठबन्धनका दलहरुले छुट्टाछुट्टै निर्वाचन लड्ने निर्णय गरेको सेतले जनाएको छ । गठबकन्धनका क्रियासिल पाचँ राजनितिक दलबिच गठबन्धन हुन नसक्दा गठबन्धन भित्र मित्रवस निर्बाचनमा जाने निर्णय भएको छ । शुक्रबारको बैठकमा कांग्रेस नेताहरु अमरबहादुर रेस्मी र दामु विक, राजमोका टंकप्रसाद पाण्डे र कृष्णप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका द्रोण प्रसाद पाण्डे र भिमेस कुमार घर्तीमगर, नेकपा एकीकृत समाजवादीका प्रेम जीसी तथा जनता समाजवादी पार्टीका दामोदर गिरी र माधव जीसीले हस्ताक्षर गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ऐरावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नविलविक्रम शाह र उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेत विजयी भएका थिए

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्